लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध परेको रिटको सुनुवाइ भोलि सर्वोच्च अदालतमा हुने


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

स्थानिय तहका लागि लोकसेवा आयोगले जेष्ठ १५ गते निकालेको विज्ञापनविरुद्ध परेको रिटको सुनुवाइ सम्भवत बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेपछि मुद्दा सुनुवाइको समयावधि तीन दिन पर सारिएको हो ।

लोकसेवा आयोगले निकालेको विज्ञापनका विरुद्ध पक्ष र विपक्षमा देशब्यापी विरोध र समर्थकहरु निस्केका थिए ।

लोकसेवा विज्ञापनबारे पक्ष र विपक्षमा चार छुट्टा छुट्टै रिट दायर सर्वोच्च अदालतमा भएपछी सर्वोच्च अदाकतले एकैसाथ रिट राखेर सुनुवाइ गर्ने भएको छ ।

विज्ञापन समानुपातिक र समावेसी सिद्धान्त प्रतिकुल भएको भन्दै त्यसविरुद्ध अधिबक्ताहरु जगदेव चौधरी,विकास ठाकुर तथा स्थानिय तहमा कार्यरत करारका १ सय २१ जना कर्मचारीहरुले रिट दायर गरेका थिए  भने लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयविरुद्ध अधिबक्ता राजाराम घिमिरेले रिट दायर गरेको थियो । यी रिटको छिनोफानो एउटै इजलासबाट भोलि बुधबार सुनुवाइ  हुने भएको छ।

लोकसेवा आयोगले २०७६ जेष्ठ १५ गते निकालेको स्थानिय तहका ५ सय १५ वटा तहका लागि ९ हजार १ सय ६१ जनाको लागि विज्ञापन खुलाइएको थियो । लोकसेवा आयोगले असार ३ गते सार्वजनिक सुचना जारी गरि यही असार १० गतेसम्म दरखास्त दिन सकिने र तोकेको मितिमा नभ्याउनेले डब्बल दस्तुर तिरेर असार १७ गतेसम्म उम्मेदवारहरुले दरखास्त दिन सकिने लोकसेवा आयोगले जानकारी गराएका छन् ।

 

प्रकाशित: समय: 8:50:59  574पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार