प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोले असार २१ गते ह्योल्मो गुम्बामा हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्नुहुदै


श्याम तामाङ,तामाङपेज 

काठमाडौं ।

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा न.१ धाक्पाखर्ककी कान्छिडोल्मा ह्योल्मोले मेरो अभियान ह्योल्मोको पहिचान सङ्ग सङ्गै हिंडौ भन्ने मुलनाराकासाथ विश्वको सर्वोच्च शिखर सगरमाथामा २०७६ जेष्ठ ९ गते बिहान ५ बजेर २० मिनेट जादा सगरमाथामा पाइला टेक्न सफल भएकी थिइन् ।

ह्योल्मो समुदायमा प्रथम ह्योल्मो महिला सगरमाथा आरोहीको विश्व किर्तिमान कायम गर्न सफल कान्छिडोल्मा ह्योल्मोले सगरमाथा आरोहणको क्रममा आफुलाई प्रत्यक्ष ,अप्रत्यक्ष सहयोग गर्नुहुने ब्यक्ती तथा निकायहरुलाई भेटघाट गरि यहि २०७६ असार २१ गते शनिबार बिहान ९ बजे ह्योल्मो समाज सेवा केन्द्र,ह्योल्मो गुम्बा तिनचुलेमा हार्दिक कृतज्ञता तथा धन्यबाद ज्ञापन कार्यक्रममा उपस्थितको लागि सरोकारवालाहरु सबैलाई निमन्त्रणा गरेकी छिन् ।

प्रकाशित: समय: 8:18:21  792पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार