वाग्मती गाउँपालिकाको पाँचौ गाउँसभाको अध्यक्ष वीरबहादुर लोप्चनद्वारा समुदघाटन,गाउँपालिकाको अनुमानित बजेट ४१ करोड २ लाख ३८ हजार सार्वजनिक


श्याम ङेसुर तामाङ,तामाङपेज  ।

ललितपुर ।

वाग्मती गाउँपालिकाले आ.व.०७६/०७७ को अनुमानित बजेट गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीप प्रज्वलन गरेर एक भब्य समारोहकाबीच सोमबार पाँचौ गाउँ सभाको समुदघाटन गरेका छन् ।

 

अध्यक्ष लोप्चनले बजेट सार्वजनिक हुँदै यस आ.व.को बजेट मुख्यत कृषि र पर्यटनलाई केन्द्रीत गरेको छ ।

गाउँपालिकाको अनुमानित बजेट कुल ४१ करोड २ लाख ३८ हजार रुपैया गाउँ सभामा सार्वजनिक गरेका छन् ।

पुजिगततर्फ खर्च रु. ३५ करोड २४ लाख २८ हजार,अनुमानित चालू खर्चतर्फ रु.५ करोड ७८ लाख रहेको छ भने सङ्घिय सरकारको वित्तिय अनुदान रु.७ करोड ६ लाख ,अनुदान राजस्व रु.५ करोड १३ लाख र प्रदेश सरकारको राजस्व अनुदान रु.१ करोड ४४ लाख ,वित्तिय समानीकरण ८९ लाख प्राप्त हुने गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जनाएको छ ।

यसैगरी अध्यक्ष लोप्चनले रजिष्ट्रेशन दस्तुर रु.५० लाख,आन्तरिक श्रोत ढुङ्गा,गिट्टी,बालुवाबाट रु.२ करोड २६ लाख ,जिल्ला समन्वय समिति ललितपुरबाट रु.मौज्दात कोष रु.४ करोडप्राप्त हुने अनुमान,सङ्घिय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने रु.१८ करोड १५ लाख ३८ हजार र गत आ.व.०७५/०७६ को बाकी रकम रु.८९ लाख रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरेले गाउँपालिकाको मुख्य बजेट यस वर्षको कृषि र पर्यटलाई केन्द्रीत गरेपनि गाउँपालिकाले मोटरबाटो,विकासमुलक कार्यक्रम,जनतासङ्ग अध्यक्ष कार्यक्रम ,महिला शशक्तिकरण,एकल पुरुष भत्ता,जनजाति उत्थान कार्यक्रम,वाग्मती गाउँपालिकाको जग्गा खरिद,रुद्रेश्वर महादेव माझखण्डमा निर्माण गर्न विशेष बजेट,विद्यालय सुधार,अध्यक्ष गाउँपालिका कप प्रतियोगिता लगायत विभिन्न कार्यक्रम रहेको बताएकी छिन् ।

वाग्मती गाउँपालिकाका सात वटा वडाका वडा अध्यक्षहरु क्रमश : जगतबहादुर लो तामाङ घुसेल,विजयकुमार लो तामाङ माल्टा,विष्णुप्रसाद तिमल्सिना भट्टेडाडा,नारायणबहादुर घले प्युटार,साजन दर्लामी मगर इकुडोल,लालबहादुर बम्जन तामाङ आश्राङ ,नवराज संजेल गिम्दी ,प्रमुख प्रशासकिय अधिकृत ,कर्मचारीहरु गाउँ सभाका सदस्यहरू लगायतको सहभागी रहेको वाग्मती गाउँपालिकाका प्रेस संयोजक दीपक घिमिरेले तामाङपेजसङ्गको सम्पर्कमा जानकारी दिनु भएको छ ।

 

प्रकाशित: समय: 7:39:16  687पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार