देवघाटस्थलमा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहको उपस्थितिमा बृहत् सरसफाइ


तामाङपेज संवाददाता ।

चितवन । नेपाल भ्रमण वर्ष २०२० सफल पारौं ,सरसफाइ अभियान देशब्यापी बनौं भन्ने मुलनाराकासाथ भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको उपस्थितिमा आइतबार देवघाटस्थित दाहसंस्कार स्थल र त्यस वरिपरि बृहत् सरसफाइ सम्पन्न भएको छ ।

करिब दुई सयभन्दा बढी सहभागिता रहेको स्थलमा भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदी,देवघाट क्षेत्र विकास समिति ,वे ग्रुप नेपाल,सुईरो कार्यक्रम,श्रीराम जानकी गार्गी गुरुकुल,श्रीराम जानकी संस्कृत मावि,श्रीराम जानकी बालिका आश्रम ,नयाँ पाइला संस्थाका प्रतिनिधिहरु,नेपाल प्रहरी,शशस्त्र प्रहरी बल ,ट्राफिक प्रहरी लगायतका संस्थाका प्रतिनिधिहरु ,स्थानिय अभियन्ताहरुको संकलनमा ७ टीप फोहोर व्यवस्थापन समेत गरेका छन् ।

 

प्रकाशित: समय: 23:15:45  500पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार