साम्सद नवराज सिलवालद्वारा कोन्ज्योसोम गाउँपालिकाको पाँचौ गाउँ सभा समुदघाटन

वार्षिक नीति तथा कार्यक्रम,आर्थिक विधेयक,विनियोजन विधेयक लगायतमा छलफल गर्नुपर्ने भएकाले असार १३ गते बिहान १० बजेसम्म गाउँ सभा स्थगन गरिएको अध्यक्ष गोपिलाल सिंतानले जानकारी गराउनु भएको छ ।

श्याम ङेसुर तामाङ ,तामाङपेज 

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिकाको पाचौं गाउँ सभाको प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले एक भब्य समारोहकाबीच भारदेउमा समुदघाटन गर्नु भएको छ ।

समुदघाटन गर्नुहुदै प्रमुख अतिथि एवं साम्सद सिलवालले आफ्नो कार्यकाल सेवा गर्ने अवसरको रुपमा लिएको,आफू जनताले चुनिएको जनप्रतिनिधि भएकाले पार्टीगत आधारमा विभेद नगरेको ,नगर्ने र अरु जनप्रतिनिधिहरुले नगर्नको लागि अनुरोध गरेका थिए ।

प्रदेश सभा साम्सद एवं विशेष अतिथि लालकुमारी पुन शुशिलाले प्रतिनिधि सभाका साम्सद सिलवाल ,प्रदेश सभा साम्सद चेतनाथ संजेल र आफुहरुको सहकार्यले ललितपुर जिल्ला क्षेत्र न.१ मा सङ्घिय र प्रदेश सराकारबाट आवश्यक बजेटहरु छुट्याउन,ल्याउन सफल भएको जनाउदै यस क्षेत्रको विकासको लागि निरन्तर लागि रहने जनाएकी छिन् ।

पाँचौ गाउँ सभाका सभाअध्यक्ष एवं कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम,आर्थिक विधेयक ,विनियोजन विधेयक उपर व्यापक छलफल गर्नुपर्ने भएकाले असार १३ गते १० बजेसम्म गाउँपालिकाको गाउँ सभा स्थगन गरेको जनाएका छन् ।

पाँचौ गाउँ सभामा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङमा लामा कोन्ज्योसोम गाउँपालिका वडा न.१,२,३,४,५ वडाका वडाअध्यक्षहरु क्रमशः सन्तलाल लामा चौघरे,ध्रुव घिमिरे संखु,तिलक बम्जन दलचोकी ,तीर्थ लामा नल्लु, सुबिन्द्र तामाङ भारदेउ,गाउँपालिकाका वडा सदस्यहरु,गाउँपालिका र वडाका कर्मचारीहरु,कर्मचारीहरु,सरोकारवालाहरुको व्यापक सहभागिता रहेको सभामा प्रतिनिधि सभाका साम्सद एव प्रमुख अतिथि नवराज सिलवालले गाउँपालिका भित्र उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति,कर्मचारी,विद्यालय,स्वास्थ्य सेवा निकायहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो।

 

 

 

प्रकाशित: समय: 22:49:44  814पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार