तामाङपेज संवाददाता ।
काठमाडौं ।
पुर्व निलम्बित साम्सद रेशम चौधरीलाई उपचारको क्रममा वीर अस्पतालमा शनिबार उपचार गर्दा समेत खुट्टामा नेलकडी लगाएर उपचार गरेको तस्बिर सामाजिक सन्जालमा भाईरल भएपछि राष्ट्रिय मानव अधिकार आयोगले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार,अस्पताल र अस्पतालका प्रशासनलाई निर्देशन दिएको छ ।
कैदीबन्दीहरुलाई अस्पतालमा उपचार गर्न अस्पतालको उपचार कक्षमा ,बेडमा राख्दा ,सुरक्षा सर्तकता अपनाउदा व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा असर नपुग्नेगरी भयरहित वातावरणमा सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकार ,गृह मन्त्रालय,नेपाल प्रहरी प्रधान कार्यालय,अस्पताल र अस्पताल प्रशासनलाई प्रेस विज्ञप्ति जारी गरि कैदीबन्दीहरुलाई अस्पतालभित्र उपचार गराउदा नेलकडी नलगाउन निर्देशन दिएको छ ।
निलम्बित साम्सद चौधरीलाई शानिबार वीर अस्पतालमा उपचार गरि रहेको बखतको खुट्टामा नेलकडी लगाएको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ति जारी गरि सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका छन् । निलम्बित साम्सद रेशम चौधरीलाई भेटन पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्य स्थिती बुझ्न विरहस्पिटल पुग्नु भएको थियो ।