२४ जुन तामाङपेज संवाददाता ।
टोकियो, जापान।
नेपालको तर्फबाट ओमिन पोलिटिकल लिडर समिटमा भाग लिन सांसदहरु पम्फा भुषाल, धन कुमारी खतिवडा, युटोल तामाङ टोकियो आइपुग्नुभएको छ । जून २५, २६ र २७ तीन दिन सम्म चल्ने उक्त समिटमा नेपाल लगायत ८० देशका महिलाहरुले भाग लिने बताइएको छ।
नेपाली दुतावासका अनुसार भोली जापानका संसद भवनमा कार्यक्रमको उदघाटन हुनेछ । हानेदा विमान स्थलमा उहाँहरुलाई जापान स्थित नेपाली दुतावासका कृष्णचन्द्र आर्याल, एनआरएनए जापानका उपाअध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा, नेकपाका प्रतिनिधि र नेपाली जनसम्पर्क समिति कान्तोका अध्यक्ष एकेन्द्र थापा, प्रतिनिधिहरि दिलीप वावु थापा, गौरा सापकोटा, चन्द्र केसी अधिकारी, सुनिता कंडेल लगायतका महिला दिदी वहिनीहरुले स्वागत गर्नुभएको थियो । यसविचमा जापानका विभिन्न क्षेत्रको भ्रमण तथा भेटघाट पनि गर्नु हुनेछ भने जुलाई १ मा स्वदेश फर्किने नेकपाका प्रभावशाली नेतृ एवं पूर्व मन्त्री फम्फा भुषालले जानकारी दिनुभयो ।