पूर्वी एशिया क्षेत्रीय समितिको सम्मेलन सात बुँदे घोषणापत्र बैंककमा जारी गर्दै सम्पन्न


श्याम ङेसुर तामाङ,तामाङपेज 

काठमाडौं ।

अन्तर्राष्ट्रिय तामाङ परिषद ,पूर्वी एशियाको दुई दिने  क्षेत्रीय सम्मेलन शनिबार थाइल्याण्डको बैंककस्थित स्वागत होटेलमा समिति चयन,सात बुदे घोषणापत्र ,नाचगान गर्दै सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ सङ्घीय सचिव रामकृष्ण ब्लोनकानुसार तामाङ समाज जापानकी अस्मिता वाइवाको संयोकत्वमा नेपाल तामाङ घेदुङ हङकङका अध्यक्ष विश्वनाथ घिसिङ सचिव,सदस्यहरु भ्वाइस लामा,फुर्बा तामाङ,स्नेहा तामाङ,हेमबहादुर तामाङ र दीपबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् भने सात बुँदे थाइल्याण्ड घोषणा पत्र जारी गर्दै नाचगान गर्दै भब्यरुपमा सम्पन्न भएको तामाङपेजसङ्गको सम्पर्कमा जनाएका छन् ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा पूर्व युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रतिनिधि सभाका सांंसद हितबहादुर तामाङ,दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदुत एवं साम्सद कमानसिंह लामा,अन्तर्राष्ट्रिय तामाङ परिषद अध्यक्ष के.एम.तितुङ,वरिष्ठ उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङ सङ्घीय अध्यक्ष एवं परिषदका महासचिव मोहन गोले, सल्लाहकार सुजेन्द्र तामाङ,केन्द्रीय भाषा,लिपि विभाग प्रमुख काजिमान थिङ,केन्द्रीय खेलकुद विभाग प्रमुख होमबहादुर लामा,सचिवालय सदस्य रामभक्त बम्जन,तामाङ समाज जापानका संस्थापक हवलचन्द्र लामा,तामाङ संघ दक्षिण कोरिया उपाध्यक्ष स्नेहा तामाङ,घेदुङ मकाउ अध्यक्ष हेमबहादुर तामाङ,घेदुङ मलेसिया प्रतिनिधि फुर्वा मोक्तान,तामाङ समाज युएई प्रतिनिधि सुरेन्द्र थिङ,वरिष्ठ कलाकारहरु प्रेम लोप्चन ,कृष्ण वाइवा,लामा गुरु पेमा सिंतान,बोम्बो मंगल तामाङ लगायत गरि १ सय १० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 8:29:43  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार