विमलाका आफन्तले न्याय माग्दा प्रहरीको डण्ठा आफन्तमाथि,गौशाला क्षेत्र तनावग्रस्त समता अस्पतालका उत्तम संजेल पक्राउ गर्नुपर्ने माग


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

रामेछाप जिल्ला,दोरम्बा गाउँपालिकास्थित दोरम्बाका २७ वर्षिय विमला तामाङको असार ३ गते रहस्यमय अवस्थामा काठमाडौं कुमारीगालस्थित समता अस्पतालको शौचालयमा कोठामा झुण्डिएको अवस्थामा लास भेटिएपछि विमलाका आफन्त र न्यायका पक्षमा लागेका जनमानसले दोषी उपर कडा कार्बाही गर्न माग गर्दै आएका छन् ।

विमलाले आफुले आत्महत्या नगरी हत्या भएको आसङकामा आफन्तहरु न्यायको लागि लडदै आएको छ। दुई महिना अघि क्लिनर पदमा समता अस्पतालमा काम गर्दै आएकी विमलाको रहस्यमय लास फेला परेपछि आफन्तजनले महानगरीय प्रहरी वृत्त ,गौशालामा दोषीउपर कार्वाहीको माग निवेदन दर्ता भएको छ ।

आइतबार दिउँसो करिब १ बजे  गौशालामा विमलाका आफन्तजनले  गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि लाठीचार्ज गर्दा गौशालाक्षेत्र तनावग्रस्त बनेको छ भने न्यायमाग्दा प्रहरीको ज्यादती बढेकोप्रती युवा नेता एवं प्रदर्शनमा उत्रेका आफन्त मध्ये एक गौतम मोक्तानले अब समता अस्पतालका संचालक उत्तम संजेलले पक्राउ गर्नु पर्ने र न्यायमाग्दा प्रदर्शनकारी माथी डण्ठा प्रहार गर्ने प्रहरीमाथि कार्वाही हुनुपर्ने बताए ।

तामाङपेजले आइतबारको घटनामा प्रहरीले हस्तक्षेप गरी न्याय मागेका ,शान्तिपूर्ण प्रदर्शनमा उत्रेका आफन्तजनमाथि प्रहरीले किन हस्तक्षेप गरेको भनेर महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी प्रमुख डिएसपी प्रदीपकुमार सिंहलाई सम्पर्क राख्दा डिएसपी सिंहले प्रहरीले हस्तक्षेप र लाठीचार्ज नगरेको बताए ।

आइतबार गौशालमा विमलाका आफन्तजनलाई प्रहरी हस्तक्षेप भएको प्रदर्शनको क्रममा प्रहरीले सनराज योन्जन र गौतम घिसिङलाई नियन्त्रणमा लिएको थियो।

 

 

 

प्रकाशित: समय: 7:35:23  1942पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार