संखुस्थित मगरगाउँ भैंसी पकेट क्षेत्रका कृषकलाई चेप्कटर र प्लाष्टिक प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिकाको योजना तथा पशुक्षेत्रको बजेटबाट कोज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङमा लामाको प्रमुख आतिथ्यमा कोन्ज्योसोम -२ संखु मगरगाउँस्थित मगरगाउँ भैंसी पकेट क्षेत्रका कृषकहरुलाई चेप्कटर र प्लाष्टिक प्रदान गरेका छन् ।

वडाअध्यक्ष ध्रुब घिमिरेले तामाङपेजसङ्गको सम्पर्कमा शनिबार संखुस्थित मगरगाउँका ८ जना कृषकहरुलाई चेप्कटर र १० जना कृषकहरुलाई प्लाष्टिक प्रदान गरेको जनाएको छ ।

चेप्कटर र प्लाष्टिक प्रदान समारोहमा कोन्ज्योसोम गाउँपालिका कर्मचारी सैलेशमान बम्जन ,वडा सदस्य पदम तिमल्सिना,कृषकहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।कृषकहरुलाई प्रदान गरेको सामग्री कुल ३ लाख ४० हजार बराबरको रहेको वडाअध्यक्ष घिमिरेले बताएका छन् ।

प्रकाशित: समय: 23:35:04  500पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार