नवलपरासी गैंडाकोटमा आधारभुत ॠण व्यवस्थापन तालिम शुरु, ८ जिल्लाका २८ जना प्रशिक्षार्थीहरुको सहभागिता


तामाङपेज संवाददाता ।

नवलपरासी ।

सहमति अध्ययन केन्द्र नेपालको आयोजनामा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गैंडाकोट नगरपालिका -५ नवलपुरमा आइतबारदेखि दुई दिने आधारभुत ॠण व्यवस्थापन तालिम शुरु भएको छ ।

संस्थाका अध्यक्ष होमनाथ सुवेदीकानुसार हेफर इन्टरनेशनल नेपाल चितवन शाखा प्रमुख प्रेम स्याम्बयु ,अनन्त सिलवाल,सहमति अध्ययन केन्द्र नेपाल महासचिव नगेन्द्र रिमाल,कमलप्रसाद सापकोटा ,प्रशिक्षकहरुको सहभागिता रहेको तालिममा ८ जिल्लाका २८ जना प्रशिक्षार्थीहरुले भाग लिएका छन् ।

तालिमको समापन सोमबार हुने सहमति अध्ययन केन्द्र नेपालका महासचिव नगेन्द्र रिमालले तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ ।

प्रकाशित: समय: 23:15:16  366पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार