नेकपाले गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई ध्यानाकर्षण पत्र बुझायो

नब्बे प्रतिशत माग नगरपरिषदमा राख्ने नगर प्रमुख महर्जनको भनाई

तामाङपेज संवाददाता ।

ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोदावरी नगर कमिटिले आइतबार गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नगरपालिका भित्र बढदै गएको आर्थिक अनियमिता,भ्रष्टाचार ,जनतालाई दिने सेवामा राजनितिक विभेद जस्ता विभिन्न ४४ वटा बुदाका ध्यानाकर्षण पत्र नगरपालिकामा बुझाएको छ ।

 

नगरपालिकालाई ध्यानाकर्षण बुझाउन नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का नेताहरु पुरुषोतम आचार्य,ब्रम्हानन्द श्रेष्ठ,महेन्द्र श्रेष्ठ,गम्भिरबहादुर राणा,रामप्रसाद दहाल,प्रभाकर थापा,राजेन्द्र न्यौपाने,राज घिमिरे,मिथुन महर्जन,नन्द श्रेष्ठ ,जितेन्द्र देशार,रामचन्द्र थापा लगायतका नेताहरु पुगेका थिए ।

ध्यानाकर्षण बुझ्दै गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले नेकपाले बुझाएको मागप्रती खुशी ब्यक्त गर्दै नगरपालिकाको नगरपरिषदमा नब्बे प्रतिशत विषयहरु राख्न सकिने अवस्थाका छन् ,यस्तो खालको सुझावले गोदावरी नगरपालिकाले गर्ने कार्यमा थप बल मिल्ने भएकोले नगरपालिकाको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र नेताहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु भनेर नगरपालिका नगर प्रमुख महर्जनले प्रतिक्रिया दिएको युवा नेता राजेन्द्र न्यौपानेले तामाङपेजसङ्गको सम्पर्कमा बताएका छन् ।

प्रकाशित: समय: 22:48:41  873पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार