तामाङपेज संवाददाता ।
ललितपुर ।
वाग्मती गाउँपालिका वडा न.२ माल्टामा गएराति बेलुकी ८:३० बजे आफ्नै घरमा एघार वर्षिय बालक समीर लुङ्गबा तामाङले डोरिको पासो घाटीमा लगाइ आत्महत्या गरेका छन् ।
घटनास्थलमा मुजुल्का उठाउन महानगरिय प्रहरी बृत्त चापागाउँबाट आइतबार टोलि पुगेपछि घटनास्थलको निरिक्षण गर्दा आत्महत्या गरेका ती बालकले लेखेको सुसाइट नोटमा आफुलाई दाई,भाउज्युको हेला ,विद्यालयमा शिक्षक गोविन्द तिमल्सिना ,दीवाकार लामिछाने र शिक्षिका सरस्वती घिमिरेले मानसिक तनाब दिएपछि अन्तिम विकल्प मृत्यु नै रोजेको सुसाइट नोटमा लेखेको पाईएको प्रहरीको दावी छ ।
स्थानिय श्री कालिदेवी माविमा कक्षा ५ मा रोल न.५ रहेका बालक समीर लुङ्गबा तामाङले गरेको आत्महत्याबारे थप अनुसन्धान गर्नुपर्ने,सोधपुछ गर्नुपर्ने भएकाले पक्राउ गरि शिक्षक,शिक्षिकाहरुलाई ल्याएको र मृतकको लास पोष्टमार्टमको लागि पाटन हस्पिटल लगिएको महानगरिय प्रहरी बृत्त चापागाउँका प्रहरी सहायक निरिक्षक वसन्त मल्लले तामाङपेजसङ्गको सम्पर्कमा जनाएका छन् ।