जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक


तामाङपेज संवाददाता।
जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ । निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकी छिन् ।

सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल निरन्जली लामा,सागर लामा, मिलन लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दश वर्षको लामो सशस्त्र संघर्षको बेला एक हातमा राइफल र अर्को हातमा गीतार बोकेर जनताको घरदैलोमा निरंकुश तानाशाही शासकको विरुद्ध गीत र संगीत मार्फत जनतालाई सचेत गराउदै हिड्ने क्रान्तिकारी योद्धाहरु मध्येका गायिका कमला दोङ पनि एक हुन ।
हेर्नुहोस् भिडियो

प्रकाशित: समय: 21:26:14  814पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार