गोदावरी खोलाक्षेत्र सरसफाइको १६ औं हप्ता सम्पन्न,प्रजिअ प्रेमराज जोशिसहित ७५ जनाको सहभागिता ,तीन टन फोहोर संकलन


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १६ औं हप्ता आइतबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी,वाग्मती सरसफाइ अभियन्ता चित्र सुनुवार,नेप्को नेपाल अध्यक्ष सुरेन्द्र शर्मा ,महानगरिय प्रहरी प्रभाग बाँडेगाउँ  इनिष्पेक्टर श्याम कटवाल लगायतका व्यक्तित्वहरु,अभियन्ताहरु,स्थानिय महिला,बालबालिका ,सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको छ ।

अभियानकी अभियन्ता एवं संयोजक बेबीराज भण्डारीले आइतबारको सरसफाइ अभियानमा ७५ जनाको सहभागिता रहेको र तीन टन फोहोर संकलन गरि व्यवस्थापन गरिएको जनाएकी छिन् । ललितपुरको गोदावरीखोला क्षेत्र सरसफाइ अभियान साताको आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टा साप्ताहिक रुपमा संचालन हुँदै आएको छ ।

प्रकाशित: समय: 20:33:11  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार