सजिना मोक्तान,
२३ जुन टोकियो जापान,
गैरआवासीय नेपाली संघ जापान एनआरएनएले ग्लोबल मिस सिस्टमवाट गत जुन १६ तारिख भित्रमा पंजीकृत सदस्यता लिएका तर फोटो, रिसिडेन्स प्रतिलिपि र वैँक रसिद संलग्न नगरेका सम्वन्धित महानुभावहरुलाई यहि जुन २५ तारिख वेलुकी ११ बजे ५९ मिनेट भित्रमा आफ्नो फाइल लोगिन गरी आवश्यक कागजातहरु संलग्न गर्न र गराउँन विभिन्न व्यक्ति तथा संघ संस्थालाई अनुरोध गरेको छ ।
अन्यथा त्यो सदस्यता आवेदन रद्द हुने हुँदा जानकारीको लागि पनि यो सूचना प्रकाशन गरिएको एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले बताउनुभयो । प्रक्रियाका लागि निम्न विधी अपनाउन समेत एनआरएनएले सुझाएको छ ।
१)mero nrn. Org type गरेर login गर्ने,
२)personal profile वाट फोटो राख्नुपर्ने,
३)documents profile बाट रेसिडेन्स कार्ड संलग्न गर्ने ,
४) payment profile बाट वैंक रसिद संलग्न गर्ने,
५)सवै प्रक्रिया सकिएपछि save वटन थिचेर save गर्ने
सहयोगका लागि :-
080-3178-2782,
090-9395-1843,
080-3362-1518
माथी दिइएको नम्वरमा सम्पर्क गर्न समेत भनिएको छ । जुन २२ तारिखमा वसेको एनआरएनए जापानको २५ औँ वैठकले उक्त सूचना जारी गरिएको एनआरएनए जापानका महासचिव वुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।