![](https://www.tamangpage.com/wp-content/uploads/2019/06/IMG_20190720_161015-539x450.jpg)
श्याम तामाङ ,तामाङपेज।
काठमाडौं ।
काभ्रे जिल्ला ,चौरीदेउराली-५ गोठपानीमा वि.सं.२०४० चैत्र १० गते बुबा छबिलाल ढुङ्गाना र आमा नन्दकुमारी गौतमको कोखमा मिश्रा काफ्लेको जन्म भएको हो ।
मिश्राको दाइ लक्ष्मण ,बाबुराम ,भाइहरु दीपक,विक्रम,सन्देव,शरण ,संजय ढुङ्गाना गरि सात जना दाजुभाइ रहेका छन् ।
बाल्यकालदेखि गाउँघरमा मेलापात ,घाँस काटन जादा पाखा,जङ्गलमा घाँस काट्ने तालमा पनि विशेष गरि काठे लोक भाकाको गीत मिश्रा काफ्लेले गुन गुनाउदै गाएकी थिएन् ।
समय र परिस्थितिले प्रविधिको विकास हुँदै जादा प्रत्येक मानवमा पनि आफ्नो शैलिमा परिपक्व हुँदै मानवमा सोच,बिचार र अनुभव पनि तिखारीदै जान्छ ।
औपचारिक शिक्षामा खासै सोचे जस्तो शिक्षा हासिल गर्न नसकेकी मिश्रा काफ्लेको हिन्दु धर्मनुसार वि.सं.२०५७ सालमा केदार काफ्लेसङ्ग विवाह बन्धनमा परेकी मिश्रा र केदार दम्पतिको एक छोरा विप्लब र दुई छोरी मेनुका ,रेजिना काफ्ले गरि तीन जना छोरा,छोरी रहेका छन् ।
हाल: काभ्रेको बनेपामा बसोबास गर्दै आउनु भएकी मिश्राले मोबाईलमा ग्रुपमा दोहोरी गीत काठे लोक भाकामा गाउदा गाउदै औपचारिक रुपमा नेपाली लोक गीत,सङ्गितमा आजभन्दा ५/६ वर्ष अघि प्रवेश गरेकी हुन् ।
हाम्रै रोधी घर नामक गीतको कोशेलीबाट दर्शक र श्रोतामाझ देखा परेकी मिश्रा विशेष गरि काठे लोक भाकाका गीतहरु गाउन रुचि राख्दछिन ।
यस पाँच ,छ वर्षको अवधिमा हाम्रै रोधी घर ,जाउ घुम्न नगरकोट,तिमी विना एकपल पनि बाच्न सक्छु म,लालुपाते फुलेर रातै भो,चट्ट पिरिम ,पानी खोलाको म्युजिक भिडियो जस्ता गीतहरु दर्शक र श्रोता माझ ल्याएकी छिन्
लोक गायिका मिश्रा काफ्लेले ।
गायिका काफ्लेले केहीदिन अघि नेपाली गीत,सङ्गितको बजारमा युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी पानी खोलाको म्युजिक भिडियो गीतले पनी यत्तिखेर चर्चा बटुल्दै छ ।
प्राय गीतहरु लोकभाकाको काठे लोक लयमा रहेको गायिका काफ्लेले आफ्नो श्रीमान ,घर परिवार ,दाजुभाइ ,बुबामुमाको प्रेरणा र सहयोगले गीत,सङ्गितको क्षेत्रमा लाग्न साथ ,सरसहयोग पाएको बताएकी छिन् ।
बाल्यकालमा पनि गायिका मिश्रा काफ्लेको गीत गाउने ,नाटकमा अभिनय गर्ने रुचि थियो ।
अब केही दिनमा नै हिन्दु नारीहरुको महान पर्व तीजलाई लक्ष्य गरेर लोकदोहोरी काठे भाकामा तीजको गीतको म्युजिक भिडियो ल्याउन लागेको बताइन् ।
विभिन्न संघ- संस्थाबाट सम्मान ,म्युजिक अवार्ड समेत पाउन सफल लोक गायिका मिश्रा काफ्ले नेपाली गीत,सङ्गितको क्षेत्रमा विगत ६ वर्षदेखि लागि पर्दै राष्ट्रिय सङ्गितकर्मी संघ,प्रदेश न.३ को सहकोषाध्यक्ष,काभ्रे कलाकार समाजको उपाध्यक्षको समेत नेतृत्व गर्दै अगाडी बढेकी छिन् ।
गायिका काफ्लेको गीतको प्राय भाका ,लय भने दोहोरी गीतमा काठे लोकलय ,लोकदोहोरी लगायत अन्य भाकामा पनि गीत गाउने गरेको बताउनु भएको छ ।
छोटो समयमा नै नेपाली गीत,सङ्गितमा काभ्रेकी लोक गायिका मिश्रा काफ्ले ,चम्कन सफल भएकी छिन् ।