चन्द्रपुरमा घेदुङको सम्मेलन सम्पन्न,अध्यक्षमा बुद्धलाल ग्लान निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

रौतहट ,चन्द्रनिगाहपुर ।

नेपाल तामाङ घेदुङ प्रदेश न.२ का उपाध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यमा चन्द्रपुर नगरपालिका नगर घेदुङका अध्यक्ष लालबहादुर दोङको सभापतित्वमा र घेदुङ भाषा,लिपि तथा प्रशिक्षण विभागका पुर्व केन्द्रीय सदस्य उपेन्द्र गोलेको विशेष आतिथ्यमा नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरपालिका वडा न.४ र ५ को संयुक्त वडा सम्मेलन शनिबार सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ रौतहट जिल्ला कार्य समितिका सचिव बालकुमार लामाकानुसार चन्द्रपुर नगरपालिको संयुक्त वडा सम्मेलनले नेपाल तामाङ घेदुङ संयुक्त वडा समिति ,चन्द्रपुरको अध्यक्षमा बुद्धलाल ग्लान तामाङको नेतृत्वमा ११ सदस्यीय कार्य समिति र विभागहरुको संयोजक ,पदाधिकारी निर्विरोध चयन गरेको जनाएका छन् ।

सो सम्मेलनमा चन्द्रपुर नगरपालिका वडा न.४ का वडा सदस्य प्रेमबहादुर रुम्बा ,चन्द्रपुर नगरपालिका वडा .३ नेपाल तामाङ घेदुङका वडा अध्यक्ष ज्ञानमान वाइवा ,स्थानिय तामाङ लामा,बोम्बो,ताम्बा लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित: समय: 7:29:37  388पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार