हवाइमा विमान दुर्घटना ९ जनाको मृत्यु


जुन २२ टोकियो जापान,

तामाङपेज संवाददाता ।

शुक्रवार हवाईको ओआहुमा एक सानो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको वताएको छ । 

हवाई यातायात विभागका अनुसार विमान डिलिंघम एयरफील्ड नजिकै आइपुग्दा उत्तरी शोरमा दुर्घटना भएको हो ।

स्थानीय मीडियाले जनाए अनुसार विमानले स्किडियर्स लिइरहेका वेला उनीहरूको आफन्तहरू एयरफिल्डमा पर्खिरहेका थिए । यातायात अधिकारीहरूले दुर्घटनाको कारण र विवरणहरूको खोजी गर्दैछन्।

होनोलुलु मेयर क्रिक क्याल्लवेलले ट्विटरमा भने “हाम्रो विचार र प्रार्थना परिवारका साथ र पीडितहरूका लागि हुनेछ”। एनएचके न्युजले जनाएको छ।

प्रकाशित: समय: 21:42:59  358पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार