रोटरी क्लबद्वारा शंखु स्वास्थ्य चौकीलाई फर्निचर तथा सामग्री प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

रोटरी इन्टरनेशनल क्लब काष्ठमण्डपका डा.मोहनलाल श्रेष्ठ ,नेपाल प्रहरीका पुर्व एआईजी विनोद सिंहसहित सम्मिलित टोलिले कोन्ज्योसोम गाउँपालिका -२ शंखु स्थित सातकन्यामा रहेको संखु स्वास्थ्य चौकीलाई फनिर्चर,दन्त रोग सम्बन्धि निर्मुल पार्ने ,उपचार गर्ने औंजारहरु,टेबुल,बेड लगायतका सामग्री शनिबार प्रदान गरेका छन् ।

शंखु स्वास्थ्य चौकीका निमित्त इन्चार्ज अजय शाहले सामग्री प्रदान समारोहमा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा ,कोन्ज्योसोम-२ शंखु वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरे,सदस्यहरु पदम तिमल्सिना ,रमिला सिंगार,कोन्ज्योसोम गाउँपालिका स्वास्थ्यका नबलकिशोर यादव,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवक सेवीकाहरु लगयातका महानुभावहरुको सहभागिता रहेको थियो।

 

रोटरी क्लबले रु.१ लाख ९६ हजार १ सय ५३ रुपैयाँ बराबरको सामग्री प्रदान गरेको नेपाल प्रहरीका एआईजी विनोद सिंहले बताउनु भएको छ ।

प्रकाशित: समय: 18:23:33  701पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार