कान्ति लोकपथमा पहिरो जादा यातयात अवरुद्ध ,यात्रुहरु विचल्ली ,यातयात संचालन केही दिन नहुने


श्याम तामाङ ,तामाङपेज

ललितपुर ।

वाग्मती गाउँपालिका -३ भट्टेडाडामा पर्ने कान्तिलोकपथको भट्टेडाडा खण्डको भालुखोला र झाक्रीडाडामा हिजो बेलुकादेखि परेको अविरल वर्षातले गर्दा पहिरो गैइ कान्तिलोकपथमा आवात जावत गर्ने दर्जनौ यातयात अवरुद्ध भएको छ ।

यात्रुहरु यातयात अवरुद्ध हुदा समस्यामा परेको प्रहरी चौकी भट्टेडाडाका प्रहरी हवल्दार धर्मबहादुर कुमालले तामाङपेजसङ्गको सम्पर्कमा बताएका छन् ।

कान्तिलोकपथमा यातयात संचालनका रहेको स्काभेटर पनि पहिरो आई रहेकोले यातयात संचालन गर्न केही दिन समस्या हुने प्रहरी हवल्दार कुमालले बताए ।

कान्तिलोक पथको यातयात अवरुद्ध हुदा टीकाभैरव हुँदै कान्तिलोकपथबाट हेटौंडा जाने र वाग्मती गाउँपालिकाको भट्टेडाडा,इकुडोल,माल्टा,प्युटार,आश्राङ,गिम्दी र महाङकाल गाउँपालिकाको ठुलादुर्लुङ ,काभ्रे ताल ढुङ्गाका बासिन्दालाई प्रत्यक्ष असर परेको छ ।

तस्बिर सौजन्य: प्रकाश थिङ तामाङ।

प्रकाशित: समय: 17:20:35  1211पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार