चितवन । नारायणगढदेखी शहिदचोकसम्म शनिबार बिहान ७ देखि ८ बजेसम्म एक घण्टा सरसफाइ अभियान यो साताको सम्पन्न भएको छ । हाम्रो दृष्टि राम्रो दृष्टिको हो ,यो घुम्ती सरसफाइ अभियानको मुख्यतय स्वच्छ र सम्वृद्ध समाज निर्माणका लागि संस्थाका अध्यक्ष वसन्त गैरे ,अभियानको कार्यक्रम संयोजक सुबिन बगाले लगायतका अभियन्ताहरुले यो कार्यलाई निरन्तर दिदै आउनु भएको सरसफाइ अभियान चितवनमा पनि प्रभावकारी बन्दै चौविसकोठी,लायन्सचोक ,पारासवसपार्क हुँदै आज नारायणगढदेखि सहिदचोकसम्म सरसफाइ गरि पाँचौ हप्तालाई बिट मारेको संस्थाका जिम्मेवार नेतृत्वले बताएका छन् ।
वर्षातको कुनै वास्ता नगरिकन एक घण्टा सरसफाई आज शनिबार दुई घण्टासम्म चलेको सरसफाइमा अन्य अभियन्ताहरु लगातार चितवनको नारायणगढदेखि सहिदचोकसम्म लागेका थिए ।
चितवन जिल्लामा संस्थागत हाम्रो दृष्टि राम्रो दृष्टि ,अर्को एक संस्था गरि दुईवटा संस्था र अर्को स्वत स्फुर्त लागेका युवाहरुको समुहले साप्ताहिक रुपमा चितवन जिल्लामा सरसफाइ अभियान गर्दै आएको तामाङपेजसङ्गको कुराकानीमा सरसफाई अभियान मध्येकी एक अभियन्ता इन्दीरा श्रेष्ठले बताउनु भएको छ ।
तामाङपेजले यहाँहरु त्यसरी छुट्टा छुट्टै साप्ताहिक सरसफाइ भिन्न भिन्न गर्नु भन्दा एकीकत रुपमा एउटै समूह गरेर हप्तामा एउटै अभियानकासाथ लाग्दा हुदैन न त भन्ने प्रश्नमा अभियन्ता इन्दीरा श्रेष्ठले हामी अब त्यो अभियानमा छौं भनेर तर्क राखेकी थिइन् ।
अभियन्ता श्रेष्ठले चितवनमा सरसफाइ अभियानको पाँचौ हप्ताको शृङ्खला आज शनिबार नारायणगढदेखि सहिदचोकसम्म गरेको सो अभियानमा अन्य अभियन्ताहरु,स्थानिय वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको जनाइन् ।
अहिले चर्चाको विषयमा विवादका बीच पनि अझै नियमित सन्चालन हुँदै आएको वाग्मती खोला सरसफाइ अभियान पनि अभियानको सफलताको शिखरमा पुग्दासम्म यस अभियानसङ्ग कार्य गर्ने दर्जनौ समुहहरु रहेका छन् ।
सरसफाइ सम्बन्धि साताको एकपटक अभियानको रुपमा संचालन हुँदै आएको अभियानलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनिवार्य सहजीकरण गरेको खण्डमा अभियानले सार्थकता पाउन सकिन्छ ,सबैको बल,साथ र सहकार्य भयो भने नेपाल सरकारले अवस्थाहेरी ७७ वटा जिल्लामा नै यो सरसफाइ अभियानलाई साप्ताहिक रुपमा टेवा,सहकार्य,सहयोग ,समन्वय गरेर,अभियन्ताहरुको निरन्तरतालाई ब्यापकता बनाएर लागू गर्नु पर्ने देखिन्छ ।