पूर्वी एशिया क्षेत्रीय सम्मेलन बैंककमा शुरु,बक्ताहरुद्वारा राष्ट्र र तामाङ समाजको विकासमा जोड


श्याम ङेसुर तामाङ ,तामाङपेज

काठमाडौं ।

थाइल्याण्ड/ बैंकक 

अन्तर्राष्ट्रिय तामाङ परिषद ,पूर्वी एशिया क्षेत्रीय समितिको आयोजनामा पूर्वी क्षेत्रीय सम्मेलनको शनिबार एक भब्य समारोहकाबीच थाइल्याण्डको बैककमा प्रतिनिधि सभाका सांंसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले समुदघाटन गर्नु भएको छ ।

सम्मेलनस्थलबाट तामाङपेजसङ्ग कुराकारी गर्दै नेपाल तामाङ घेदुङका सङ्घीय सचिव रामकृष्ण ब्लोनले सम्मेलनको पहिलो सत्रको उदघाटन समारोहमा प्रमुख अतिथि एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ ,दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदुत एवं  पूर्व सांसद कमानसिंह लामा,अन्तर्राष्ट्रिय तामाङ परिषद अध्यक्ष के.एम.तितुङ,अन्तर्राष्ट्रिय तामाङ परिषद वरिष्ठ उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष एवं परिषदका महासचिव मोहन गोले,नेपाल तामाङ घेदुङ सल्लाहकार सुजेन्द्र तामाङ,तामाङ समाज जापानका संस्थापक हवलचन्द्र लामा,तामाङ संघ दक्षिण कोरिया उपाध्यक्ष स्नेहा तामाङ,नेपाल तामाङ घेदुङ मकाउ अध्यक्ष हेमबहादुर तामाङ,तामाङ घेदुङ मलेसिया प्रतिनिधि फुर्वा मोक्तान लगायतका बक्ताहरुले ताम्सालिङ प्रदेशको नामकरण,नेपाल राष्ट्र र तामाङ समाजको चौतर्फी विकासका विषयमा मन्तब्य ब्यक्त गर्नु भएको जनाएका छन् ।

पुर्वी एशिया १० देशका प्रतिनिधिहरु प्रतिनिधित्व रहेको सो सम्मेलनमा १ सय १० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा विभाग प्रमुख काजिमान थिङ ,केन्द्रीय खेलकुद विभाग प्रमुख होमबहादुर लामा,नेपाल तामाङ घेदुङ सचिवालय सदस्य रामभक्त बम्जन ,तामाङ समाज युएई प्रतिनिधि सुरेन्द्र थिङ,वरिष्ठ कलाकारहरु प्रेम लोप्चन,कृष्ण वाइवा,लामा गुरु पेमा सिंतान ,बोम्बो मंगल तामाङ लगायतको सहभागिता रहेको थियो ।

सम्मेलन आज र भोलि हुने सम्मेलनले अन्तर्राष्ट्रिय तामाङ परिषदको पुर्वी एशिया क्षेत्रीय समितिको गठन ,नेपाल राष्ट्र र तामाङ सवालमा विषयगत छलफल गरि सम्मेलन भोलि सम्पन्न हुने परिषदका एशिया क्षेत्रीय समितिका अध्यक्ष अस्मिता वाईवाले बताउनु भएको जनाएका छन् ।

सम्मेलनको संचालन नेपाल तामाङ घेदुङ हङकङका अध्यक्ष विश्वनाथ घिसिङ तामाङले गर्नु भएको थियो।

 

 

प्रकाशित: समय: 13:42:23  968पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार