संगठनको ४० औं स्थापना दिवसमा लगनखेल बसपार्कमा सरसफाइ


तामाङपेज संवाददाता ।

ललितपुर ।

नेपाल यातयात स्वतन्त्रता मजदुर संगठनले ४० औं स्थापना दिवसको अवसरमा शनिबार लगनखेल बसपार्क क्षेत्रमा सरसफाई अभियान गरेको छ ।

सरसफाइ अभियानस्थलबाट गोकुल तिमल्सिनाले तामाङपेजसङ्गको सम्पर्कमा संगठनका केन्द्रीय महासचिव नवराज घिमिरे,केन्द्रीय सचिव रवी केसी लगायतका नेतृत्वहरुको उपस्थितिमा लगनखेल बसपार्क क्षेत्रमा सरसफाइ अभियान गरेको ,सो कार्यक्रम संगठनको ललितपुर महानगर समितिका अध्यक्ष शरण तामाङको नेतृत्वमा सम्पन्न भएको जनाएका छन् ।

ललितपुरको गोदावरी खोला क्षेत्रमा प्रत्येक साताको आइतबार बिहान १० देखि ११ बजेसम्म नियमित रुपमा भएपनि ललितपुरको खोकना ,मंगलबजार ,लगनखेल ,ताल्छिखेल,ग्वार्को,जावलाखेल ,भनिमण्डल,भैसेपाटी,सानेपा,कुपण्डोल,धापाखेल,सुनाकोठी,ठेचो,चापागाउँ ,प्याङ्गगाउँमा बेलाबखतमा सरसफाइ हुँदै आएको छ ।

 

 

ललितपुरको दक्षिण पुर्वी,पश्चिम क्षेत्रमा पर्ने  वाग्मति गाउँपालिकाको भट्टेडाडा,छपेली,माल्टा,घुसेल ,आश्राङ,इकुडोलको माझखण्डमा रहेको बुद्ध बिहार,रुद्रेश्वर महादेव,प्युटार,गिम्दी,खानिखोला,कोन्ज्योसोम गाउँपालिकाको मनकामना मन्दीर दलचोकी,नल्लुको देवीस्थान ,पाथीभरा मन्दीर,भारदेउ बजार ,गुप्तेश्वर मन्दीर ,चौघरे सिमभन्ज्याङ ,नल्लुखोला,संखु मानेचौर ,स्यालभन्ज्याङ ,लाकुरी भन्ज्याङ,मगरगाउँ  रहेका छन् ।

महाङकाल गाउँपालिकाको बुखेल झोलुङ्गे पुल ,उन्युचौर राधाकृष्ण मन्दीर,विमिरेको मनकामना मन्दीर ,मानिखेल मानेचौर ,कतवन भन्ज्याङ ,ठोस्ने खोला ,टुङ्गुन खोला ,मानिखेल बजार,गोटिखेल बजार ,वैतर्णिधाम ,महाङकाल मन्दीर,चन्दनपुर बजार ,कालेश्वर महादेव मन्दीर ,तामाङ लुङतोग गुम्बा ,नमन डाडा लगायतका क्षेत्रमा सम्बन्धित गाउँपालिका र सम्बन्धित वडा कार्यालय र सरोकारवाला निकायहरुले तत्काल सरसफाइ अभियान कार्यक्रम संचालन गर्नुपर्ने ,जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउनु पर्ने देखिन्छ ।

 

प्रकाशित: समय: 12:10:00  592पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार