गजल


नवराज संजेल आरजे 

वाग्मती -५ इकुडोल

हाल: चापागाउँ ,ललितपुर ।

म सरकारी जागिरे भर्दिन डिभी र पिआर

अब

नयाँ नेपालकै रक्षक फेर्छु बरु

मुहार अब

वरपरका सबै युवा उडे उडौ

भन्छिन् हामी

राजनीति सफा भए भन्छु आउँला

सुधार अब

जहाजमा सयर भएछ मन

बर बराउछिन

संरक्षकत्व गर्न लौ केहि  त गर

सरकार अब

जे बोल्यो जापान अमेरिका

अष्ट्रेलिया सुन्छिन

लगन किन जुर्नु कागजी बिहेलाई

तयार अब

 

आप्रवासीको भोगाइ कथाव्यथा

जस्तैपर्दा भित्र

जेथोमेथो बैकमा ताकेता आउँछ

बारबार अब ।।

 

प्रकाशित: समय: 10:06:40  809पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार