सकिना ग्याबा तामाङ
हाल: प्रवास ।
कोर्नु मात्र पर्छ शब्द लेखिन्छ के -के
बाँच्नु मात्र पर्छ यहाँ देखिन्छ के- के ।।
खोजीको सुत्र हुनुपर्छ बलियो
खोजे पछि राम्रोसङ्ग भेटिन्छ के – के ।।
पाइला टेकेसी बाटोमा के कुल्चिन्छ कि किचिन्छ,
हिडदै जाँदा कहाँ कहाँ टेकिन्छ के – के ।।
चिसो अनि ओसको चिन्ता के भो र
ढुङग्रो भएसी साथैमा सेकिन्छ के -के ।