वृहत् रक्तदान कार्यक्रम


श्याम तामाङ ,तामाङपेज संवाददाता।

काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईको प्रमुख आतिथ्यमा नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखा ,सामाखुसी ,काठमाडौंले समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं प्रहरी अतिरिक्त महानिरिक्षक राईले विपद आईपरेका बेला उद्धार कार्य मात्र होईन,रगत अभाव भएको अवस्थामा प्रहरीले रगत समेत उपलब्ध गराई समाजसेवा गर्दै नेपाल प्रहरीले आई रहेको बताउनु भयो।

कार्यक्रममा नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिलिपकुमार चौधरी,काठमाडौ महानगरपालिका वडा न.३ का वडाअध्यक्ष दीपक केसी लगायतले मन्तब्य राखेका थिए ।

रक्तदान कार्यक्रममा प्रहरी,कर्मचारी र स्थानीय बासिन्दा समेत ९० जनाले रक्तदान गर्नु भएको थियो ।

 

प्रकाशित: समय: 6:16:29  890पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार