भारदेउस्थित गुप्तेश्वर आधारभुत विद्यालयको अध्यक्षमा विजयकुमार स्याङतान तामाङ मनोनीत


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका -५ भारदेउस्थित श्री गुप्तेश्वर आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानिय युवा समाजसेवी तथा नेता विजयकुमार स्याङतान तामाङलाई मनोनीत गरेको वडा कार्यालयबाट पत्र प्राप्त भएको विद्यालयका प्र.अ.प्रेमबहादुर नेपालीले शुक्रबार तामाङपेजसङ्गको सम्पर्कमा जनाएका छन् ।

 

प्र.अ.नेपालीकानुसार भारदेउ वडा कार्यालयको २०७६/०३/०५ को पत्रमा अध्यक्ष विजयकुमार स्याङतान ,सदस्यहरु : साधुराम श्रेष्ठ,गायस श्रेष्ठ,राजेन्द्र मोक्तान,प्रेमबहादुर गोले,कल्पना लामा,सुन्तलीमाया गोले र सदस्य सचिवमा प्रेमबहादुर नेपाली रहेको पत्र प्राप्त भएको जनाएको छ ।

विद्यालय प्रशासनले प्राप्त गरेको पत्र कोन्ज्योसोम गाउँपालिका शिक्षा कार्यविधि -२०७४ बमोजिम रहेको जनाएका छन् ।

प्रकाशित: समय: 23:30:36  538पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार