लक्ष्मण तामाङ ,तामाङपेज ।
धादिङ ।
गल्छी गाउँपालिका-६ बाझ गाउँमा शुक्रबार बोलेरे जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गल्छी गाउँपालिका -५ को सिरुबारीबाट बैरेनीतर्फ जादै गरेको वा.१८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भै पल्टिएको हो । दुर्घटनामा गल्छी-६ का नानू तामाङ (२५),गल्छी-४ सेते मिजार(३८)राजु रम्तेल (२५)को घटना स्थलमा नै मृत्यु भएको छ भने गल्छी -४ की सबिता प्याकुरेल(२१) को उपचारका लागि बाटोमा लगिदै गर्दा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरिक्षक जनक बस्नेतले घटनास्थलबाट जानकारी दिए ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकसम्म आईपुगेको स्थानिय हेमन्त भण्डारीले बताएका छन् ।