विभिन्न कार्यक्रम गरी विश्वभर योग दिवस मनाइँदै ,स्वस्थ जीवनका लागि योगका फाइदै फाइदा


विश्व योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।

हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ ।

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् ।

चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त् र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

विशेषगरी भारतमा योगा दिवस धुमधामका साथ मनाइँदै आएको छ । पछिल्लो समय मानिसहरु निकै तनावपूर्ण वातावरणमा बाँचिरहेको अवस्थामा योगले त्यसलाई कम गर्न सहयोग गरेको छ ।

झारखण्डको राँचीमा आयोजित विश्व योग दिवसको विशेष कार्यक्रममा सहभागी हुँदै भारतीय प्रधानमन्त्री मोदीले योग गरिबहरुको स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताएका छन् । साथै उनले औषधि मात्रै सबै रोगको उपचार नभएको बताउँदै योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए ।

प्रकाशित: समय: 8:58:48  452पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार