अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्कर विरुद्ध दिवसमा देशै भर बिहीबारदेखि एक हप्ते कार्यक्रम शुरु

ललितपुरमा पनि एक हप्तासम्म कार्यक्रम गर्ने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिनु भएको छ ।

तामाङपेज संवाददाता ।

ललितपुर ।

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्कर विरुद्ध दिवस नेपाल सरकारको ७७ वटै जिल्लाहरुमा ,विभिन्न संघ संस्थाहरुको सहकार्यमा प्रत्येक जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबारदेखि साता व्यापि एक हप्ते कार्यक्रम शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी,सहायक प्र.जि.अ.खेमराज जोशी,महानगरिय प्रहरी परिसर जावलाखेल वरिष्ठ प्रहरी उपरिक्षक SSP रविन्द्र धानुक ,शशस्त्र प्रहरी उपरिक्षक SP शुरेश श्रेष्ठ,राज दल गण कर्णेल उत्तम सापकोटा,महानगरिय प्रहरी परिसर जावलाखेल प्रहरी नायव उपरिक्षक DSP सन्तोष तामाङ ,जिल्लास्थित सरकारी निकायका प्रमुखहरु,कर्मचारीहरु,द कृपा नेपाल ,विभिन्न संघ संस्थाहरु,विद्यार्थी ,शिक्षक ,समाजसेवी ,पत्रकारहरु लगायतले लागू औषधको विरुद्ध लेखिएको प्ले कार्ड सहित जिल्ला प्रशासन कार्यालयबाट शुरु भएको र्यालीले नगरको विभिन्न स्थान परिक्रमा गरेको छ ।

प्रजिअ जोशीले एक हप्तासम्म ललितपुर जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु विद्यालय केन्द्रीत ,युवा केन्द्रीत सचेतनात्मक कार्यक्रमहरु हुने जानकारी गराएका छन् ।

महानगरिय प्रहरी परिसर सातदोबाटोका प्रहरी नायव उपरिक्षक DSP गौतम मिश्रले महानगरिय प्रहरी कार्यालय रानीपोखरी,काठमाडौंका प्रहरी नायव महानिरिक्षक DIG शैलेश थापाको प्रमुख आतिथ्यमा हात्तिवनमा लिट्टिल एन्जेल्स स्कुलमा प्रिन्सिपल मुकुन्दराज शर्मा,निर्देशक राजेश श्रेष्ठ,विद्यार्थीहरुको सहभागितामा  लागू औंषध ,दुर्व्यसनीका विरुद्ध सचेतना जनचेतनामुलक कार्यक्रम,ललितपुर महानगरपालिका वडा न.१४ मा विविध कार्यक्रम र महालक्ष्मी नगरपालिकास्थित कर्मनाशा खोला,किनारमा संवत् उम्रेको तीन हजार भन्दा बढी गाजाको बोटहरु नष्ट महानगरिय प्रहरी वृत्त सातदोबाटो प्रहरी ,स्थानिय जनप्रतिनिहरु,सामुदायिक प्रहरी,महिला र सरोकारवालाहरुको सहकार्यमा गरिएको जानकारी दिनु भएको छ ।

प्रत्येक वर्ष जुन २६ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्कर विरुद्ध दिवस जनचेतनामूलक विविध कार्य गरेर विश्वभर मनाउने गरिन्छ भने यो वर्ष नेपालमा असार ११ गते बुधबार नेपाल सरकारको नेतृत्वमा ७७ वटै जिल्लाहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विशेष कार्यक्रम गरेर समाजबाट लागू औंषध सेवन,दुर्व्यसनीको निर्मुल पार्न विविध सचेनात्मक कार्यहरु गर्ने औपचारिक रुपमा घोषणा गरेका छन् ।

प्रकाशित: समय: 8:15:13  1256पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार