तामाङपेज,संवाददाता ।
ललितपुर ।
सङ्घिय संसद भवनमा प्रधानमन्त्री कार्यालय,स्वास्थ्य,रक्षा र पर्यटनको बजेट विनियोजित माथी बिहिबार ललितपुर क्षेत्र न.१ का सङ्घिय संसद नवराज सिलवालले बोल्नुहुदै ललितपुरको क्षेत्र न.१ स्थित महाङकाल गाउँपालिका वडा न.२ मानिखेल कतवनमा रहेको मानिखेल अस्पतालका सवालमा संसदमा बोल्नु भएको छ ।
संसदमा बोल्नु हुँदै साम्सद सिलवालले भवन बनेको वर्षौ बित्दापनि अझैपनि नेपाल सरकारले हालसम्मपनि डाक्टर र कर्मचारीको ब्यवस्था नगरेकोले तत्काल अस्पताल संचालन गर्न कर्मचारीको व्यवस्थापन गर्न माग गरेका छन् ।
मानिखेल अस्पतालमा भवन छ तर डाक्टर र कर्मचारी नहुदा स्वयम् मानिखेल अस्पताल बिरामी नै भएको छ। तत्काल डाक्टर र कर्मचारी ब्यवस्थापन गर्न सकेमा दक्षिण ललितपुरका चौघरे ,संखु,इकुडोल,बुखेल,गिम्दी ,ठुलादुर्लुङ,कालेश्वर,चन्दनपुर,गोटिखेल,मानिखेल र बुखेलका हजारौ जनताले स्वास्थ्य सम्बन्धि सेवा लिन सक्ने थियो की ?