पन्चकन्या गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु


तामाङपेज संवाददाता ।

रसुवा। पन्चकन्या गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकाको वडा नम्बर २ कबिलासमा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत बाटो खन्ने र सरसफाई गर्ने कार्यक्रम शुरु भएको हो ।

बर्षायाममा सडक अवरुद्ध हुने भएकोले समयमै नाली कटान थालिएको बताइएको छ । कार्यक्रम अन्तरगत सहरेटार र मिश्रगाउँ जानेबाटो नाली खन्ने सरसफाईको काम शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

सहभागीहरुलाई विहान र दिउँसो गरी दुई समुहमा मिलाएर काम गराईएको वडा कार्यालयले जनाएको छ। कार्यक्रम अन्तरगत गाउँपालिकालाई १० लाख रुपैयाँ आएको र सो मध्ये ५ लाख वडा नम्बर २ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत छुट्टाइएको गाउँपालिका कार्यालयको भनाई छ ।

प्रकाशित: समय: 19:56:53  678पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार