ललितपुर जिल्ला बचत तथा ॠण सहकारीको झरुवारासीमा अन्तरक्रिया सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । झरुवारासीमा रहेको फुलबारी पार्टी प्यालेसमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा  गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले अन्तरक्रिया कार्यक्रमको एक भब्य समारोहकाबीच मंगलबार उदघाटन गर्नु भएको छ ।

संघका जिल्ला अध्यक्ष रामहरि बजगाईकानुसार सहकारी नियमावली २०७५ तथा संघ र सदस्य संस्थाबीच अन्तरक्रिया कार्यक्रम गरिएको ,सहकारीकर्मीहरुबाट सकारात्मक ,उपलब्धिमुलक सुझाव,प्रतिक्रिया आएको जनाए ।

उक्त अन्तरक्रिया कार्यक्रममा पुर्व बुखेल गाविस अध्यक्ष रामकृष्ण हुमागाई ,सहकारी कर्मी रुपेश तिमल्सिना लगायतले आ- आफ्नो बिचार राखेका थिए । ललितपुर जिल्ला बचत तथा ॠण सहकारी संघ लिमिटेडले रजत वर्षको अवसरमा सो कार्यक्रम गरेको हो ।

प्रकाशित: समय: 18:05:29  572पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार