सिन्धुपाल्चोक नारागाउँस्थित जनसहयोगी माविलाई बेन्च र कम्युटर सेट प्रदान

सहयोगी समाज नेपालका अध्यक्ष भ्रमणकुमार श्रेष्ठले रु.७ लाख बराबरको सामग्री प्रदान गर्नु भएको प्र.अ. निरोज योन्जन तामाङले बताएका छन् ।

तामाङपेज संवाददाता । 

काठमाडौं ।

सिन्धुपाल्चोक । लिसंखुपाखर – २ नारागाउँस्थित श्री जन सहयोगी माविलाई आईतबार सहयोगी समाज नेपालका अध्यक्ष भ्रमणकुमार श्रेष्ठ र कार्यक्रम संयोजक आशिष् बैधको टोलिले १२ सेट कम्प्युटर र १० सेट डेस्क,बेन्च प्रदान गर्नु भएको प्र.अ.निरज योन्जन तामाङले बताउनु भएको छ ।

प्र.अ.योन्जनकानुसार सो सामग्री करिब ७ लाख बराबरको लागत रहेको ,समाजसेवी प्रेम योन्जन ,चन्द्रसिंह मोक्तानको पहलमा दाताहरुबाट उक्त सामग्री विद्यालयले पाउन सफल भएको तामाङपेजसङ्गको कुराकानीमा बताएका छन् ।

सहयोगी समाज नेपालले विद्यालयमा कम्प्युटर ल्याएपछि विद्यार्थीहरु कम्युटरमा झुम्मिएको प्र.अ.निरज योन्जनले विद्यार्थीमाझ खुशी र उत्साह छाएको सुनाए ।

 

 

श्री जन सहयोगी माविका प्र.अ.योन्जनकानुसार बेन्च र कम्युटर वितरण समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर लामा,अभिभावकहरु,शिक्षक,शिक्षिका,विद्यार्थीहरुको सहभागिता रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 16:47:07  608पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार