आश्राङको विद्याधिश्वरी माविमा कम्प्युटर शिक्षामा पढाई,विद्यार्थीमा उत्साह जाग्यो


 तामाङपेज संवाददाता।

ललितपुर ।

राजधानीको सुगम जिल्ला ललितपुरको दक्षिण पुर्वी र पश्चिम भेगमा पर्ने वाग्मती गाउँपालिकाको वडा न.६ आश्राङमा रहेको श्री विद्याधिश्वरी माविको वस्तुगत अवस्था हेर्ने हो भने कतै एक सुविधा सम्पन्न कलेज भवन भन्दा कम देखिदैन ।

सायद दक्षिण ललितपुरको मावि विद्यालयमा भवनको हिसाबले हेर्ने हो भने एकदम धनी छ – यो विद्यालय । बसाई सराई र जनसङख्यामा सन्तान वृद्धिमा कमिकाकारण शिशुदेखि कक्षा १२ सम्म करिब तीन सयको सेरोफेरोमा विद्यार्थीहरु अध्ययनरत छन् ।

 

वि.सं.२०२० सालमा स्थापित यस विद्यालयको स्थापनाको दौरानमा अनेक उकाली ओरालीको यात्रा गरेर ५६ औं वर्षको यात्रामा यात्रारत माविले विगत दुई वर्षदेखि विद्यार्थीहरुलाई कम्युटर शिक्षा दिदै आएको प्र.अ.थलप्रसाद तिमल्सिना बताउनु हुन्छ ।

 

तामाङपेजसङ्गको कुराकानीमा नौ वटा कम्प्युटरले कक्षा ६ देखि ८ कक्षासम्मका १ सय २० जना विद्यार्थीहरुलाई कम्प्युटर अभ्यासको बेला जुनसुकै दिन पालै पालो र हप्तामा दुई दिन अनिबार्य कम्प्युटर कक्षा विद्यालयका शिक्षिका लक्ष्मी स्याङतान तामाङ र शिक्षक राजुप्रसाद तिमल्सिनाले कम्प्युटर शिक्षा सम्बन्धि शिक्षण दिदै आउनु भएको जनाएका छन् ।

विगत दुई वर्षदेखि कम्प्युटर शिक्षा दिदै आउनु भएका शिक्षिका लक्ष्मी स्याङतान तामाङले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिएपछी हौसला ,उत्साह बढेको र विद्यार्थी सङख्याको आधारमा पर्याप्त कम्युटर नहुदा शिक्षण पद्धतिमा समस्या भएको बताइन् ।

यस विद्याधिश्वरी माविमा अधिकाम्स तामाङ ,त्यस्पछी ब्राम्हण ,क्षेत्री ,मगर ,दलित र अन्य समुदायका विद्यार्थीहरुले अध्ययन गर्दै आई रहेका छन् ।

 

प्रकाशित: समय: 15:31:30  872पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार