कान्तिपुरको भाग्यशाली चिठ्ठा व्यवसायी कमल तामाङलाई पर्यो,रु.१ लाख रकम प्राप्त


श्याम ङेसुर तामाङ ,तामाङपेज 

काठमाडौं ।

ओखलढुङ्गामा जन्मनु भएका लामो समयदेखी वैदेशिक रोजगारमा लागि पर्नु भएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्व महासचिव एबम हिमारव ओभरसिज सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक व्यवसायी कमल तामाङले कान्तिपुर ग्रुपले संचालन गरेको भाग्यशाली चिठ्ठा प्राप्त गर्नु भएको छ ।

व्यवसायी तामाङलाई कान्तिपुर पब्लिकेसन ग्रुपले आज बिहिबार आयोजित एक भब्य समारोहकाबीच रु.१ लाखको भाग्यशाली चिठ्ठाको चेक प्रदान गरेका छन् ।

भाग्यशाली चिठ्ठा प्राप्त भएपछि तामाङपेजसङ्गको कुराकानीमा नेपालको नम्बर एक पत्रीका कान्तिपुरको ग्रुपबाट आफुले नगद राशी सहित सम्मान प्राप्त गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनु भएको छ ।

वैदेशिक रोजगार व्यवसायी कमल तामाङले राजधानीको एयरपोर्टस्थित कालिमाटीडोल मेनपावर बजारमा संचालन गर्दै आएको हिमारव ओभरसिज सर्भिसेज प्रालि कान्तिपुर दैनिकको ग्राहक बन्दा भाग्यशाली चिठ्ठा प्राप्त गर्न सफल भएको हो ।

प्रकाशित: समय: 14:42:07  742पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार