किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामा फिकुरीमा आयोजित योजना तर्जुमा कार्यक्रममा जनतासङ्गै


तामाङपेज संवाददाता ।

नुवाकोट ।

किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामाले किस्पाङ गाउँपालिका -२ फिकुरी वडाका जनतासङ्ग योजना तर्जुमा सम्बन्धि कार्यक्रममा प्रत्यक्ष जनतासङ्ग जनताको वास्तविक समस्या ,योजना ,गाउँपालिकाले गर्नु पर्ने दायित्व र कार्यबारे बुधबार जनतासङ्ग साक्षात्कार गरेका छन् ।

गाउँपालिका अध्यक्ष लामाले जनताहरुबाट आएका गुनासाको सम्बोधन गरि जनताले रोजेको योजनालाई नै गाउँपालिकाले त्यस्ता योजनालाई प्राथमिकता दिई कार्य गर्ने जनाए ।

योजना तर्जुमा कार्यक्रममा फिकुरीका वडाअध्यक्ष देवानन्द भट्ट,वडाका प्रतिनिधि,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 12:50:13  1116पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार