साम्सद नवराज सिलवालद्वारा बज्रबाराहीबाट चापागाउँ जोडने मोटरबाटोको अनुगमन


श्याम तामाङ ,तामाङपेज 

ललितपुर ।

चापागाउँको बज्रबाराही मन्दीरबाट महानगरीय प्रहरी बृत्त ,चापागाउँ छिचोल्ने छोटो दुरी जोडने मोटरबाटो निर्माणको आज बिहिबार प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले निर्माण कार्यको अवस्था के – कस्तो भयो ,सो बारे बुझ्न अनुगमन गर्नु भएको छ ।

मोटरबाटो अनुगमनको क्रममा साम्सद सिलवालले उपभोक्ता समितिका पदाधिकारीहरु ,स्थानिय बासिसङ्ग भेटघाट गर्दै तामाङपेजसङ्गको सम्पर्कमा यो छोटो बाटोको खुल्ला र निर्माण सम्पन्नसङ्गै चापागाउँमा जाम हुदा यातयात आवातजावत गर्न सहज हुने बताएका छन् ।

साम्सद सिलवालका स्वकीय सचिव राजेन्द्र न्यौपानेले साम्सद विकास कोषबाट बज्रबाराही चापागाउँ प्रहरी बृत्त जोडने मोटरबाटोको लागि चालू आ.व.मा रु.१० लाख रुपैयाँ बजेट कोषबाट विनियोजित भएको बताए ।

प्रकाशित: समय: 12:17:31  696पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार