ललितपुरमा बुधबारदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु,बुधबार १० जनालाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीद्वारा जानकारी


तामाङपेज संवाददाता ।

ललितपुर । बुधबार अपरान्ह ४ बजे जिल्ला प्रशासन कार्यालय ललितपुरको राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाबाट १० जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले तामाङपेजसङ्गको कुराकानीमा बताउनु भएको छ ।

शुरुमा ललितपुर जिल्ला क्षेत्र न.१,२ र ३ का सङ्घिय साम्सदहरु नवराज सिलवाल,कृष्णलाल महर्जन र पम्फा भुषालले आ- आफ्नो व्यक्तिगत विवरण भरेर तथा फोटो खिचाएर ललितपुर जिल्लामा राष्ट्रिय परिचय पत्र वितरणको प्रारम्भ भएको बताउनु हुँदै प्रजिअ जोशीले बिहिबारदेखि ललितपुरमा कार्यालय समयभित्र आफ्नो नागरिकता बुबा,मुमाको नागरिकता लिएर ,ब्यक्तिगत विवरण भरेर ,फोटो खिचाएर ललितपुरका नागरिकहरुले राष्ट्रिय परिचय पत्र लिन सक्ने बताएका छन् ।

बुधबार राष्ट्रिय परिचय पत्र वितरण समारोहमा राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका महानिर्देशक दीपक काफ्ले ,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले राष्ट्रिय परिचय पत्र एक नेपाली नागरिकमा एक परिचय पत्र लागू गर्ने प्रणाली अनुरुप सार्वजनिक सेवा सुविधालाई प्रभावकारी बनाउन दोहोरो सुबिधा लिने ,झुट्टा विवरण पेश गर्ने , सेवासुविधाको दुरुपयोग जस्ता कार्यलाई निर्मुल पार्न नेपाल सरकारले आम नागरिकलाई राज्यबाट प्रदान हुने सुविधाबाट प्रत्यक्ष लाभ लिन राष्ट्रिय परिचय पत्र वितरणको थालनी गरेको हो।

नेपाल सरकारले प्रदेश न.३ मा बुधबारबाट नै ललितपुरसङ्गै रसुवा र चितवन जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्यको थालनी गरेको छ ।

प्रकाशित: समय: 11:44:06  485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार