भक्तपुरमा ग्रीन चिल्ली ,थकाली एण्ड बेकरी क्याफेको तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरद्वारा उदघाटन


तामाङपेज संवाददाता ।

भक्तपुर । तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष,हास्यकलाकार एवं समाजसेवी विकु थोकरले एक भब्य समारोहकाबीच बुधबार भक्तपुर बाराही हल परिसरमा ग्रीन चिल्ली,थकाली एण्ड बेकरी क्याफेको उदघाटन गर्नु भएको छ ।

उदघाटन गर्नुहुदै प्रमुख अतिथि एवं संघका अध्यक्ष थोकरले युवाहरुले स्वदेशमा नै लगानी गरेर गरेको व्यवसायले युवाहरुलाई रोजगार दिने वातावरण पैदा भएकोमा खुशी व्यक्त गर्नु भयो ।

क्याफेका संचालक विजय लामा पर्यटन व्यवसायी भएतापनि होटल तथा क्याफे व्यवसायमा पनि संम्लग्न छन् । आफुले संचालन गरेको व्यवसायले सफलता लिदै गयो भने अन्य स्थानमा पनि ग्रीन चिल्ली ,थकाली एन्ड बेकरी क्याफेको शाखा स्थापना गर्ने योजना रहेको बताए ।

तस्बिर श्रोत : विकासदेव योन्जन तामाङ

 

 

प्रकाशित: समय: 13:43:51  1229पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार