चौघरेमा ४५ दिने बुनाइ तालिम सम्पन्न ,२२ जनाले तालिम लिए


तामाङपेज संवाददाता ।

ललितपुर ।

सीप सिकौं आत्म निर्भर बनौं भन्ने मुल नाराकासाथ कोन्ज्योसोम गाउँपालिका -१ चौघरेमा आईतबार ४५ दिने बुनाइ तालिम सम्पन्न भएको छ ।

वडाभित्रका २२ जना महिलाहरुले लुगामा विभिन्न प्रकारका बुट्टा भर्ने तालिम लिएका थिए । प्रशिक्षक शान्ता राईले प्रशिक्षण दिनु भएको थियो ।

 

वडा कार्यालयको आ.व.०७५/०७६ को बुनाइ तालिमको लागि दुई लाख बजेटले आवस्यक सामग्री खरिद,प्रशिक्षक भत्ता लगायतमा खर्च गरि बुनाइ तालिमका जनशक्ति वडामा उत्पादन गर्न सफल भएको जानकारी वडाअध्यक्ष सन्तलाल लामाले दिएका छन् ।

प्रकाशित: समय: 9:19:20  522पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार