![](https://www.tamangpage.com/wp-content/uploads/2019/06/IMG_20190620_082401-671x450.jpg)
तामाङपेज संवाददाता।
काठमाडौं । बौद्ध धर्ममा सागा दावाको ठूलो महत्व छ ,सागा दावा शुरु भएपछी एक महिनासम्म बौद्धमार्गीहरुले माछा,मासु ,मदमदिरा नखाने ,नपिउने प्रचलन दिन प्रतिदिन बढदै गएको छ । बैशाख पुर्णिमापछि जेष्ठ पुर्णिमा भन्दा अगाडीको समय नै सागा दावा हो भने विशेष दिन जेष्ठ पुर्णिमाको दिन नै सागा दावा हो । समस्त प्राणी जगतको उद्धार ,समाज सुधार भन्ने बौद्ध धर्मको आस्था अनुरुप सागा दावा मान्ने प्रचलन छ ।
सागा दावामा विशेष गरि ठुल ठुला गुम्बा ,बिहारमा ङ्युङने ,उपस व्रत गर्ने गरिन्छ ,पूजापाठ,धार्मिक प्रवचनपनि हुँदै आएको छ । जेष्ठ पुर्णिमाको दिन सोमबार बौद्धनाथ परिसरमा पनि छोरङान महिला समाज बौद्धको आयोजनामा बौद्ध परिसरमा दर्शन गर्न आउनुहुने भक्तजनहरुलाई समाजले निशुल्क खिर र तरकारी वितरण गरेको अध्यक्ष माया थिङ तामाङले बताएकी छिन् ।
समाजले आयोजना गरेको सो समारोहमा भाषाविद अमृत योन्जन,बौद्धनाथ क्षेत्र विकास समिति सदस्य एबम छोरङान महिला समाजका पूर्व अध्यक्ष मायाडोल्मा लामा ,पत्रकार अमित लामा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।