पशुपतिनाथ परिसरमा गुठी विधेयकको विरुद्ध कोण सभा


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता ,प्रतिनिधि सभाका साम्सद एबम पुर्व स्वास्थ्य मन्त्री गगन थापाले बुधबार पशुपतिनाथ परिसरमा आयोजित कोण सभामा सरकारले गुठी विधेयक फिर्ता लिएर मात्र हुन्न ,सो गुठी विधेयकको खारेज नगरेमा सरकारले कडा चुनौती मोल्नु पर्ने ,वर्तमान सरकार बोली एउटा काम गराई अर्कै गरेर दिनप्रतिदिन विवादमा मुछिरहेको बताएका छन् ।

पुर्व मन्त्री एवं साम्सद थापाले वर्तमान सरकार दुई तिहाईको दम्भले मात्र चली रहेको ,जनताले स्यावासी भन्ने खालको काम गर्न नसकेको आरोप लगाए ।

पशुपतिनाथ ग्वल पुच:समाजको नेतृत्वमा विभिन्न संघ संस्था,गुठीयार,धर्मगुरुहरुले प्लेकार्ड बोकेर पशुपति सृजनशिल युवा क्लबबाट शुरु जय वागेश्वरी,सिफलचौर,लामापोखरी,चाबहिल,गणेश मन्दीर,मित्रपार्क,भुवनेश्वरीहुँदै पशुपतिनाथ परिसरमा कोण सभा गरेर विधेयकको विरोध गरेको थियो ।

सो कोणसभामा रामबाबा,वरिष्ठ अधिबक्ता भरत जङ्गम,रामबीर मानन्धर,सुवर्ण बैध,सचिन शाक्य ,केदारमान भण्डारी ,पत्रकार अमित लामा लगायतको सहभागिता रहेका थिए ।

सहभागीहरुले गुठी हाम्रो ज्यान हो भन्ने प्लेकार्ड बोकेर गुठी विधेयकको विरोध गरेको थियो ।

प्रकाशित: समय: 8:15:43  592पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार