माइतीघरमा गुठी विधेयकको विरुद्धमा विशाल सभा ,चापागाउँमापनि लाखे नृत्य गरेर विरोध


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल सरकार,भूमी,व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्धमाकुमारी अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गुठी विधेयक -२०७५ सरोकारवालासङ्ग पर्याप्त छलफल,परामर्श गर्नु पर्ने भनेर संसदमा दर्ता भएको विधेयक फिर्ता लिइएकी थिइन् ।

गुठी विधेयक -२०७५ खारेज गर्नुपर्छ भन्ने मागसहित विशेष गरि उपत्यकाका नेवार समुदायहरुको विशाल प्रदर्शन बुधबार माइतीघर मण्डलामा भएको छ ।

यसैगरी ललितपुरको चापागाउँ ,ठेचो सुनाकोठी लगायतका स्थानमा पनि कालो ब्यानरमा गुठी विधेयक खारेज गर जस्ता नारा लेखी ,नेवार समुदायको प्राचिन लाखे नृत्य गरेर विधेयकको विरोध गरेका छन् ।

नेपालमा विशेष गरि राज गुठी,सार्वजनिक गुठी र निजि गुठी गरि तीन प्रकारका गुठी रहेको छ ।

तस्बिर श्रोत:

चापागाउँ ,ललितपुर

प्रकाशित: समय: 7:34:40  446पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार