न्युयोर्कमा एभरेष्ट टाइम्सका सम्पादक एवं पत्रकार ङिमा सम्मानित


श्याम ङेसुर तामाङ ,तामाङपेज 

काठमाडौं ।

न्युयोर्क,अमेरिका । नेपालको पत्रकारिता जगतमा निरन्तर झण्डै दुई दशक भन्दा लामो यात्रामा कलम चलाउदै आउनु भएका एन.पी.पर्देशी अर्थात सोलुखुम्बुमा जन्मनु भई हाल न्युयोर्क अमेरिकामा रहनुभएका एभरेष्ट टाइम्सका सम्पादक एवं पत्रकार ङिमा पाख्रीन आईतबार उडसाइड,सिक्सटीवान स्ट्रीटको धर्म हाउसमा एशोसिएसनको आयोजना  र एभरेष्ट टाइम्स फाउण्डेशनको सह- आयोजनामा आयोजित पाँचौ ट्राभलिङ किम्फ( काठमाडौ इन्टरनेसनल माउण्टेन फिल्म फेस्टीफल) मा न्युयोर्कमा लगातार सन्चालन हुँदै आएको किम्फको संयोजन र पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको विशेष  योगदान बापत न्युयोर्क सिटि काउन्सिल मेन कोष्टाकोष्टनटिनी देशको कार्यालयका  कम्युनिटी ल्याजन जोया चौधरीले सम्मान पत्र प्रदान गरेर एक भब्य समारोहका बीच सम्मान गरेका हुन् ।

 

 

आजभन्दा १७ वर्ष अघि अमेरिका प्रवेश गर्नु भएका ङिमा पाख्रीनले अमेरिका छोडेर सोलुखुम्बुमा सोलु एफ.एम.स्थापना गरेर स्टेसन म्यानेजर बनेका थिए । पत्रकारितामा छापा पत्रकारितादेखि विधुतिय पत्रकारितासम्मको अनुभव तिता,मीठा भोगेका पत्रकार ङिमाले सनराइज,राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर,हिमाल राष्ट्रिय साप्ताहिक हुँदै विगत १० वर्षदेखि अमेरिका न्युयोर्कमा रहेको एभरेष्ट टाइम्समा कलम चलाउदै हाल सम्पादकको भुमिकामा कार्यरत हुनुहुन्छ ।

सम्मानित भएपछी एभरेष्ट टाइम्सका सम्पादक एवं पत्रकार ङिमा पाख्रीनले पत्रकारिता मेरो रहर हो तर यत्रो लामो यात्रामा पनि पत्रकारितालाई व्यवसायिक पेशा बनाउन सकेन ,यो दुखको कुरा हो ,मलाई मैले गरेको पत्रकारिताको यात्रामा पुर्याएको योगदानको सम्मान स्वरुप सम्मान गर्नु भएकोमा हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछु भनेर आयोजक प्रति बिशेष धन्यबाद ब्यक्त गरेका छन् ।

पत्रकार ङिमा पाख्रीन ,तामाङ सोसाइटी अफ नर्थ अमेरिका ,विभिन्न सामाजिक ,पत्रकार सम्बन्धि संघसंस्थामा आवद्ध र नेपालमा आदिवासी जनजाति त्यस्मा पनि तामाङ पत्रकारहरूलाई क्यामरा ,मिडिया सामग्री प्रदान जस्ता महत्वपुर्ण कार्यपनि गर्दै आउनु भएको छ ।

प्रवासमा ग्रामीण भेगको मनछुने राम्रो वृत्तचित्रहरु देखाएर विश्वमा नेपालको चिनारी दिनुकोआ साथै यस कार्यक्रमबाट संकलन गरिएको आर्थिक भने दुर्गम गाउँको विद्यालयहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको छ -एभरेष्ट टाइम्सका प्रधानसम्पादक एवं पत्रकार आङछिरिङ शेर्पाले भने उक्त कार्यक्रममा उपस्थित भएर आर्थिक सहयोग गर्नेहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

पत्रकार एवं एभरेष्ट टाइम्सका  प्रधानसम्पादक शेर्पाले किम्फबाट उठने रकम जिल्लाहरुलाई दिने भनेर घोषणा गरेसङ्गै सम्बन्धित जिल्लाका संघ – संस्थाहरु तथा व्यक्तिहरुले पनि आर्थिक सहयोग गर्दै आएको जनाएका छन् ।

एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोले नेपालको ग्रामीण भेगको कथा वस्तु समेटेर विभिन्न वृत्तचित्रहरु अमेरिकामा देखाउदै आएको जस्तो: सुपर मादक,मरि सकेको मान्छे,तातिनि ,माउण्टेन मदर,डोल्पा डायरी र कथा ७२ लगायत प्रदर्शन भएको आइतबार न्युयोर्कमा दिउँसो २ बजेदेखि ७ बजेसम्म सहभागिता रहेको प्रत्येक वर्ष निरन्तर हुँदै आएको बताए ।

 

 

प्रकाशित: समय: 5:26:33  965पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार