लामा थाङ्का कलाकार समूहको सातौं साधारण भेला सम्पन्न


तामाङपेज संवाददाता, भक्तपुर 

लामा थाङ्का कलाकार समूहको सातौं साधारण भेला लामा थाङ्का पेन्टिङ स्कुलको प्रबन्ध निर्देशक तथा ह्याङला आदिवासी तामाङ समाजको कोषाध्यक्ष एवम् समाजसेवी राम बहादुर लामा (प्रकाश)को प्रमुख अतिथ्यमा बुधबार लामा थाङ्का पेन्टिङ स्कुल दरबार स्क्वायरमा सम्पन्न भएको छ।

साधारण भेलामा पुरानो कार्यसमितिको बिघटन गरी वीर बहादुर घिसिङको अध्यक्षतामा ११ सदस्यीय रहने गरि नयाँ कार्यसमिति चयन गरिएको छ । उक्त नव निर्वाचित कार्यसमितिमा अध्यक्ष: वीर बहादुर घिसिङ, उपाध्यक्ष: चम्पा योञ्जन, सचिव: राजु दोङ तामाङ, सह सचिब: राजेन्द्र मोक्तान, कोषाध्यक्ष: विनिता लामा, सदस्यहरू क्रमश खम्साङ लामा,अमृता लामा, विक्रम लामा, अर्थ घिसिङ, संग्रम लामा, र याङसुम लामा रहेका छन्।

उक्त साधारण भेलाबाट व्यवस्थापन संकाय र होटल म्यानेजमेनमा स्नातकोत्तर उत्तीर्ण भएको दुई जना लाल बहादुर लामा र मनिष लामालाई खादा लगाएर सम्मान गरिएको छ।

थाङ्का कलाकारहरूको लेखन क्षमतामा ह्रास वा समाप्त पश्चात न्यूनतम आर्थिक लाभ उपलब्ध गराउने र न्यूनतम रूपमा आर्थिक समस्याको समाधान गरिदै आईरहेको उक्त समूहको अध्यक्ष वीर बहादुर घिसिङले जानकारी दिए।

भेलामा लामा थाङ्का पेन्टिङ स्कुलमा आवद्ध विभिन्न तहका थाङका कलाकारहरू र विभिन्न संघ संस्थाको प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो।

प्रकाशित: समय: 20:28:18  991पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार