तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबुहाङद्वारा क्यान्सर पीडित टीकामायालाई आर्थिक सहयोग प्रदान

तेर्हथुम मलेसिया सम्पर्क मन्चले आर्थिक सहयोग रकम संकलन गरि रु.७९ हजार १ सय १९ रुपैयाँ मंगलबार प्रदान गरेको मंचका अध्यक्ष प्रेम सुब्बाले जनाएका छन् ।

तामाङपेज संवाददाता । 

काठमाडौं ।

तेह्रथुम । लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले मंगलबार तेह्रथुम मलेसिया सम्पर्क मंचले मलेसियामा सहयोग संकलन गरि पठाएको आर्थिक सहयोग रकम क्यान्सर पीडित टीकामाया विश्वकर्मालाई प्रदान गरेको छ ।

मंचका अध्यक्ष प्रेम सुब्बाले क्यान्सर पीडित टीकामायाको उपचारका लागि मलेसिया संकलित रु.७९ हजार १ सय १९ रुपैयाँ आर्थिक सहयोग लालिगुराँस नगरप्रमुख माबुहाङले लालिगुराँस नगरपालिका-८ का वडाअध्यक्ष ,श्री सिंह देवी मावि प्र.अ.,शिक्षक,शिक्षिका,सरोकारवालाहरुको रोहवरमा आर्थिक सहयोग प्रदान गर्नु भएको तामाङपेजसङ्गको सम्पर्कमा बताएका छन् ।

तेह्रथुम मलेसिया सम्पर्क मंचका पदाधिकारीहरु ,प्रमुख सल्लाहकार ,सल्लाहकार ,सदस्यहरु र अन्य सहयोगीबाट आर्थिक संकलन गरि पठाएको र तेह्रथुम छथर गाउँपालिकाकी उपचार गर्न आर्थिक अभाव भएकी कमला लिम्बुलाई पनि आर्थिक सहयोग प्रदान गर्ने मंचका अध्यक्ष प्रेम सुब्बाले जानकारी दिनु भएको छ ।

 

 

 

प्रकाशित: समय: 17:14:06  1229पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार