तामाङपेज संवाददाता ।
काठमाडौं ।
काठमाडौंको किर्तिपुर,चम्पादेवीस्थित नेपाल राष्ट्रिय जातिय संग्रहालयको क्षेत्रभित्र तार जाली तथा पर्खाल निर्माण कार्य तिब्र रुपमा भैइ रहेको छ ।
नेपाल सरकारको यसै आ.व.बजेटबाट निर्माण गरिएको तार ,जाली बार तथा पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको सोमबार निर्माणस्थलमा अनुगमन गर्न पुग्नु भएका नेपाल तामाङ घेदुङका पुर्व महासचिव कुमार ब्लोन तामाङले बताएका छन् ।
संग्रहालयको कम्पाउण्डभरी सुरक्षा र सिमा एकिन होस भनेर तार,बार ,जाली तथा पर्खाल लगाईएको घेदुङका पुर्व महासचिव ब्लोनले बताउनु भएको छ ।