तामाङ विद्यार्थी घेदुङ सिन्धुलीको प्रशिक्षण तथा सम्मान कार्यक्रम


तामाङपेज संवाददाता ।

सिन्धुली । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना र कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा गत बुधबार समाज रुपान्तरणका लागि तामाङ युवा विद्यार्थीको जोड भन्ने मुलनाराकासाथ गढीदरबार होटलमा प्रशिक्षण तथा सम्मान कार्यक्रम कमलामाई नगरपालिका वडा न.७ का वडाअध्यक्ष कर्णबहादुर घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा साहित्य विभाग प्रमुख काजिमान थिङ र कानुनविद् शुशिला थिङले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिलाएका थिए ।

प्रमुख अतिथि एबम वडाअध्यक्ष घिसिङले नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीका निवर्तमान अध्यक्ष सम्झना ब्लोन,नेपाल तामाङ घेदुङ सिन्धुली जिल्ला पुर्व अध्यक्ष सुर्य पाख्रीन,नेपाल तामाङ घेदुङ कमलामाई नगरपालिका नगर कार्यबाहक अध्यक्ष धनलाल स्याङ्गबा ,अन्तरपार्टी महिला संजाल पुर्व अध्यक्ष शान्त पाख्रीन,नेपाल विधुत प्राधिकरण सिन्धुली जिल्ला प्रमुख लालबहादुर मोक्तान,समय पाठशाला सिन्धुलीका प्र.अ.सोनाम बज्यु र अनेरास्ववियु सिन्धुलीका कार्यबाहक अध्यक्ष कृष्णबहादुर मोक्तान ,सहयोग गर्ने संघ,संस्था,ब्यक्ती ,गाउँपालिमा ,वडा कार्यालयहरुलाई सम्मान पत्र प्रदान गरेर विभुषित गरेको थियो ।

सो कार्यक्रम नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीका जिल्ला अध्यक्ष अजय तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित: समय: 13:57:49  538पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार